Like us!
Follow us!

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्कान होम अफ होपलाई आर्थिक सहयोग प्रदान

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्कान होम अफ होपलाई आर्थिक सहयोग प्रदान

लगानी खबर, काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मुस्कान होम अफ होपलाई आर्थिक सहयोग प्रदान गरेकाे छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश ३, ललितपुर  धोबिघाट स्थित मुस्कान होम अफ होपलाई दुई लाख पचास हजार रूपैयाँको चेक हस्तान्तरण गरेको छ । बैंकले मुस्कान होम अफ होपलाई गरेको यस आर्थिक सहयोगले मुस्कान होममा आश्रित बौद्धिक तथा शारीरिक अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाहरूका लागि निःशुल्क खाना, आवास तथा शिक्षामा सहयोग पुग्ने छ ।

यसैगरी, उक्त चेक हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट नायव महाप्रबन्धक अपुर्व प्रसाद जोशीले मुस्कान होमका अध्यक्ष सुमती कर्माचार्यलाई चेक हस्तान्त्तरण गरेका हुन् ।

त्यस्तै, बैंकले आफ्ना ग्राहकहरूलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९१ शाखा कार्यालयहरूबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरूलाई सहयोग गर्दै आईरहेको छ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।