Like us!
Follow us!

नेप्से घट्याे, काराेबार रकम बढ्याे

नेप्से घट्याे, काराेबार रकम बढ्याे

लगानी खबर, काठमाडाैँ - साताको पाँचौ कारोबार दिन बिहीबार सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । आज नेप्से २.२३ अंकले गिरावट भएर १९३७.७४ अंकमा बन्द भएको छ । 

नेप्सेमा गिरावट आए पनि विकास बैंक, वित्त कम्पनी, हाइड्रोपावर, होटल तथा पर्यटन, लगानी र निर्जीवन बीमा उपसूचकमा वृद्धि भएको छ । तर, बैंकिङ, जीवन बीमा, अन्य लगायतको उपसूचकमा भने गिरावट आएको छ ।

आज कारोबार रकममा भने केही सुधार भएको देखिन्छ । बुधबार ८२ करोडमा सीमित भएको कारोबार रकम बिहीबार बढेको हो । आज बजारमा ३४ लाख १ हजार ७६२ कित्ता सेयर किनबेच हुँदा एक अर्ब चार करोड ४४ लाख ४१ हजारको कारोबार भएको छ । 

जसमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक १३ करोड १० लाख ४५ हजार र रिडी हाइड्रोपावरको चार करोड ४४ लाख ८१ हजारको कारोबार भएको छ ।

कुल १८८ कम्पनीको सेयर कारोबार भएकोमा ११७ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । ६१ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा १० कम्पनीको सेयर मूल्य स्थिर छ । कारोबार भएकामध्ये ग्लोबल आईएमई लघुवित्तको सेयर मूल्य सर्वाधिक ४.४९ प्रतिशतले वृद्धि हुँदा मल्टिपर्पस फाइनान्सको सेयर मूल्य ४.०९ प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।