Like us!
Follow us!

एशियन लाइफ इन्स्याेरेन्सका संस्थापकले १ लाख कित्ता सेयर बिक्री गर्ने

एशियन लाइफ इन्स्याेरेन्सका संस्थापकले १ लाख कित्ता सेयर बिक्री गर्ने

लगानी खबर, काठमाडाैँ - एशियन लाइफ इन्सुरेन्सका संस्थापक सेयरधनीले बुधबारदेखि आफ्नो नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका छन् ।

यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले बुधबारबाट १५ दिनभित्र इन्स्याेरेन्सको मुख्य कार्यालय मैतिदेवी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन पेस गर्नुपर्नेछ । 

उक्त समयभित्र कुनैपनि संस्थापकबाट निवेदन प्राप्त नभए अन्य व्यक्ति वा संस्थाले सेयर खरिद गर्न सक्ने कम्पनीले जानकारी गराएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।