Like us!
Follow us!

सेयर बजार आज पनि ओरालो

सेयर बजार आज पनि ओरालो

लगानी खबर, काठमाडाैँ - सेयर बजार बुधबार पनि ओरालो लागेको छ । सेयर बजार परिसूचक नेप्से बुधबार ११ दशमलव ९७ अंकले घटेर एक हजार ९३९ दशमलव ८८ विन्दुमा झरेको छ । नेप्से दिनदिनै राताम्मे हुँदा कारोबार रकममा पनि निकै कमी आएको छ ।

बुधबार म्युचल फन्डबाहेक अरू सबै समूहको सेयर घटेको छ । २२४ वटा कम्पनीको २९ लाख ४३ हजार कित्ता सेयर ८२ करोड ६२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको पाँच करोड १५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

त्यस्तै, प्राइम डिबेन्चरको सेयर झन्डै ६ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको शेयर पाँच प्रतिशतले घटेको छ । 

समग्रमा बजार राताम्मे हुँदा पनि सनराइज म्युचल फन्डको सेयर साढे सात प्रतिशत र अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयर झन्डै साढे ६ प्रतिशतले बढेको छ ।
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।