Like us!
Follow us!

एफपिओ ल्याउने तयारीमा जुटेको एनआरएन लघुवित्तको बुकक्लोज कहिले ?

एफपिओ ल्याउने तयारीमा जुटेको एनआरएन लघुवित्तको बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौं– एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा गर्ने प्रयाेजनका लागि बुकक्लोज मिति तय गरेकाे छ ।

संस्थाकाे असाेज ४ गते आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले विशेष साधारण सभा गर्ने प्रयोजनका लागि असोज ११ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेकाे हाे । त्यसैले, असाेज १० गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

संस्थाले असाेज १८ गते विशेष साधारण सभा गर्दैछ । सभामा पुनः सर्वसाधारण शेयर अर्थात् एफपिओ निष्कासन गर्ने सम्बन्धमा छलफल गरिनेछ । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f6aef093fab1.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।