Like us!
Follow us!

नेप्सेमा २१.२२ अंकको गिरावट

नेप्सेमा २१.२२ अंकको गिरावट

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज म‌ंगलबार २१.२२ अंकले ओरालाे लागेकाे छ । कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से अन्तिम समयसम्ममा घट्दै २१ अंकमा बन्द भएको छ । यससँगै, नेप्से परिसूचक १९ सय ५१ अंकमा बन्द भएको छ।
    
यस्तै, सेन्सेटिभ समूहमा ३.८९ अंकको ओरालाे लाग्दै ३७९.०५ अंकमा आइपुगेको छ । नेप्सेमा १ अर्ब १९ करोड ७ लाख रुपैयाँ बराबरको ३२ लाख ९ हजार कित्ता सेयर किनबेच भएको छ ।

नेप्से घटे पनि म्युचुअल फण्ड समूहमा भने सुधार आएको छ । यो समूह ०.०६ अंकले बढेको छ भने यो बाहेक अन्य कुनै पनि समूहमा सुधार आएको छैन ।

घटेकामध्ये निर्जीवन बिमा कम्पनी समूह १४७ अंकले घटेको छ । यस्तै, जीवन बीमा समूह ८५ अंकले घटेको छ । विकास बैंक समूह ६४ अंकले घटेको छ भने लघवित्त समूह ५२ अंकले घटेको छ ।

जलविद्युत समूह ४६ अंकले घट्दा वित्त समूह ३५ अंकले घटेको छ । सानिमा माइ हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरैले घटेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।