Like us!
Follow us!

सेयर बजार झिनाे अंकले ओरालाे

सेयर बजार झिनाे अंकले ओरालाे

लगानी खबर, काठमाडाैँ - सेयर बजार झिनाे अंकले ओरालाे लागेकाे छ । साताकाे काराेबारकाे अन्तिम दिन शुक्रबार २ घण्टा खुलेकाे सेयर बजारकाे नेप्से सूचक  १.६७ अंकले घटेर १९७०.६२ विन्दुमा अडिएको छ । ६९ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ । 

२१९ कम्पनीको १८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३ वटा समूह सकारात्मक देखिएका छन् । १० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल टेलिकम अग्रस्थानमा छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र अरुण काबेली हाइड्रोपावर परेका छन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।