Like us!
Follow us!

नेपाल बैंकले पनि आस्वा शुल्क नलिने

नेपाल बैंकले पनि आस्वा शुल्क नलिने

लगानी खबर, काठमाडाैँ - नेपाल बैंकले पनि आस्वा शुल्क नलिने घोषणा गरेको छ । अबदेखि लगानीकर्ताले यस बैंकको आस्वा सेवा प्रयोग गरेर सेयर भर्दा कुनै पनि शुल्क तिर्नुपर्ने छैन । यसअघि बैंकले आस्वाबापत १० रुपैयाँ शुल्क लिँदै आएको थियो । 

योसँगै सी–आस्वा सेवा निःशुल्क प्रदान गर्ने बैंकको संख्या ६ पुगेको छ । नेपाल धितोपत्र बोर्डले सी–आस्वा सेवाको शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।