Like us!
Follow us!

सेयर बजार घटेकाे घट्यै

सेयर बजार घटेकाे घट्यै

लगानी खबर, काठमाडाैँ - सेयर बजार घटेकाे घट्यै छ ।

आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३३.३६ अंकले घटेर १९८९.२६ विन्दुमा पुगेकाे छ । नेप्से १.६५ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.०५ अंकले घटेर ३८५.७० विन्दुमा झरेकाे छ ।

कूल २२४ वटा कम्पनीकाे ६१ लाख ४८ हजार ३ सय ४१ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५ करोड ९७ लाख ३७ हजार एक सय ३ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक बाँकी सबै वटा उपसमूहकाे सेयर घटेकाे छ । 

आइतबार अरूण काबेली पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १० कराेड ३३ लाख ६१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । कम्पनीले शतप्रतिशत हकप्रद निष्कासन गर्न गत शुक्रबार विद्युत नियमन आयाेगबाट अनुमति पाएकाे छ । 

आज राधी विद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.९० प्रतिशतले बढेर २ सय ९८ रूपैयाँ पुगेकाे छ । 

यस दिन रूरू जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले घटेर ९ सय ३९ रूपैयाँ ६० पैसामा झरेकाे छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।