Like us!
Follow us!

हकप्रद निष्कासन गर्न अरुण काबेलीले पायाे विद्युत नियमन आयोगको अनुमति

हकप्रद निष्कासन गर्न अरुण काबेलीले पायाे विद्युत नियमन आयोगको अनुमति

लगानी खबर, काठमाडाैँ - अरुण काबेली पावर कम्पनी लिमिटेडले जारी गर्न लागेको शतप्रतिशत हकप्रद शेयरलाई विद्युत नियमन आयोगले अनुमति दिएको छ । विद्युत नियमन आयोगले भदाै १० गते, शुक्रबार तलकाे सूचनामा उल्लेख भए अनुसार केही शर्तसहित शतप्रतिशत हकप्रद निष्कासन गर्न अरुण काबेली पावरलाई अनुमति प्रदान गरेकाे हाे ।

साेही अनुसार अब कम्पनीले चुक्ता पूँजीकाे १:१ काे अनुपातमा हकप्रद सेयर निष्कासनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछ । कम्पनीले बोर्डमा निवेदन दिई स्वीकृती पाएपश्चात हकप्रद सेयर निष्कासन गर्नेछ ।  

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि कम्पनीले नबिल इनभेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ । 

No description available.

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।