Like us!
Follow us!

आरएसडिसी लघुवित्तको शेयर बिक्रीमा !

आरएसडिसी लघुवित्तको शेयर बिक्रीमा !

लगानीखबर, काठमाडौँ-  आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहकाे १६ हजार ५ सय १० कित्ता शेयर बिक्री गर्ने भएकाे छ । संस्थाका विभिन्न ३ जना संस्थापकहरूले शेयर बिक्री गर्न खोजेको हुनाले उक्त शेयरहरू बिक्री गर्ने भएकाे हाे ।

त्यसैगरी, उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले आफुले लिने शेयर र खरिद मूल्यकाे विवरण खुलाएर सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र एनआईसी एशिया क्यापिटल तथा संस्थाकाे कार्यालय कालिकानगर बुटवलमा आइपुग्ने गरी आवेदन दिनु पर्नेछ ।

संस्थाले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई आवेदन दिन आग्रह गरेको हो ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5f6ae2fbe04ea.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।