Like us!
Follow us!

२ वटा म्युचुअल फण्डको लाभांश घोषणा, कुनकाे कति ?

२ वटा म्युचुअल फण्डको लाभांश घोषणा, कुनकाे कति ?

लगानी खबर, काठमाडाैँ - सिद्धार्थ बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्राेथ स्किम २ ले आर्थिक वर्ष २०७८/ ७९ को मुनाफाबाट वितरण गर्ने लाभांशकाे घाेषणा गरेका छन् । 

सिद्धार्थ क्यापिटल लिमिटेडकाे हिजाे (साउन २५ गते, बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकले सिद्धार्थ इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित ९ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्राेथ स्किम २ का इकाईधनीहरूलाई करसहित १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।