Like us!
Follow us!

नेप्से परिसूचकसँगै घट्याे काराेबार रकम

नेप्से परिसूचकसँगै घट्याे काराेबार रकम

लगानी खबर, काठमाडाैँ - नेप्से परिसूचकसँगै काराेबार रकम पनि घटेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १९.०६ अंकले घटेर २०३७.८३ विन्दुमा पुगेकाे छ । नेप्से ०.९३ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.०९ अंकले घटेर ३ सय ९१ रूपैयाँ ६६ पैसामा झरेकाे छ । 

कूल २२३ वटा कम्पनीकाे ६२ लाख ९८ हजार ६ सय ३८ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ७६ करोड १० लाख २३ हजार ३९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी काेष बाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेको छ । 

त्यसैगरी, बिहीबार शिवम् सिमेन्टकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ७ कराेड २७ लाख ९४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज हिमालयन हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ३ सय ३३ रूपैयाँ ६० पैसा पुगेकाे छ । यस्तै, अपर हेवाखाेला हाइड्राेकाे सेयरमूल्य पनि ९.९८ प्रतिशतले बढेर एक सय ४३ रूपैयाँ २० पैसा पुगेकाे छ ।

यस दिन युनिलिभर नेपालकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ८.२३ प्रतिशतले घटेर १८ हजार ९ सय ५ रूपैयाँमा झरेकाे छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।