Like us!
Follow us!

बजारको ओरालो यात्रामा निरन्तरता

बजारको ओरालो यात्रामा निरन्तरता

लगानी खबर, काठमाडाैँ -  बजारको ओरालो यात्रामा निरन्तरता छ ।

आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५.११ अंकले घटेर १०५७.६८ विन्दुमा पुगेकाे छ । नेप्से ०.२५ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १.६९ अंकले घटेर ३ सय ९५ रूपैयाँ ७४ पैसामा झरेकाे छ । 

कूल २१८ वटा कम्पनीकाे ४६ लाख ४० हजार ८ सय ४४ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ९३ करोड ५५ लाख २० हजार एक सय ४७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज २ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ११ वटा उपसमूहकाे सेयर घटेको छ । उत्पादन तथा प्रशाेधन र लगानी समूह बढेकाे हाे । 

त्यसैगरी, बुधबार नागरिक लगानी काेषकाे सर्वाधिक काराेबार भएकाे छ । काेषकाे १० कराेड ६८ लाख ७९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज हिमालयन हाइड्राेपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ९.९७ प्रतिशतले बढेर ३ सय ३ रूपैयाँ ३० पैसा पुगेकाे छ । 

यस दिन हिमालयन एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९९ प्रतिशतले घटेर ४ सय ५९ रूपैयाँ ५० पैसामा झरेकाे छ । मर्जरका कारण रोक्का रहेको एभरेष्ट इन्स्योरेन्स र हिमालयन इन्स्योरेन्सको सेयर कारोबार आजैबाट सुरू भएकाे हाे । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।