लगानी खबर, काठमाडाैँ - डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । समिक्षा अवधिमा संस्थाको मुनाफामा गिरावट आएको छ ।
उक्त विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ५७ करोड ४० लाख २२ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १२.११ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा संस्थाले ६५ करोड ३१ लाख ८७ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी भने ३.४५ प्रतिशतले बढेर १ अर्ब ३८ करोड ५३ लाख १८ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले १ अर्ब ३३ करोड ९० लाख ९३ हजार रूपैयाँ ब्याज आम्दानी गरेको थियो ।
चौथो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा घटेर ८१ करोड ९९ लाख ३८ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ९९ करोड १७ लाख ४१ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । गत आर्थिक बर्षमा संस्थाको वितरणेग्य मुनाफा ४१ करोड ७२ लाख ५८ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, संस्थाको चुक्ता पुँजी १ अर्ब १५ करोड ६२ लाख रुपैयाँ र जगेडा कोषमा ९२ करोड ६१ लाख ७७ हजार रुपैयाँ सञ्चित रहेको छ संस्थाको खराब कर्जा (एनपिएल) बढेर १.०३ प्रतिशत पुगेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ४१ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नेटवर्थ २२२ रुपैयाँ ६६ पैसा रहेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।