Like us!
Follow us!

सेयर बजारमा भारी गिरावट

सेयर बजारमा भारी गिरावट

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४५.४२ अंकले घटेर २०६०.७३ विन्दुमा झरेकाे छ । नेप्से २.१६ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ९.६८ अंकले घटेर ३९६.४२ विन्दुमा झरेको छ । 

कूल २२२ वटा कम्पनीकाे ६६ लाख ४६ हजार ३६ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५ सय ९८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ । सबैभन्दा धेरै अन्य समूह घटेकाे छ ।

त्यसैगरी, मंगलबार नागरिक लगानी काेषकाे सर्वाधिक काराेबार भएकाे छ । काेषकाे १५ कराेड १० लाख ९७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज हिमालयन हाइड्राेपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ९.९७ प्रतिशतले बढेर २ सय ७५ रूपैयाँ ८० पैसा पुगेकाे छ । 

यस दिन गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य ७.२७ प्रतिशतले घटेर ९ सय ६९ रूपैयाँमा झरेकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।