Like us!
Follow us!

अरुण भ्यालीले हकप्रद ल्याउने : बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

अरुण भ्यालीले हकप्रद ल्याउने : बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

लगानी खबर, काठमाडौँ - अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गर्न लागेको शतप्रतिशत हकप्रद शेयरकाे निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । हिजाे (भाद्र ६ गते, मंगलबार) अरुण भ्याली हाइड्रोपावर र मुक्तिनाथ क्यापिटलबीच बिक्री प्रबन्धकका लागि सम्झौता भएको हो । 

उक्त सम्झौता पत्रमा कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष रमेश प्रसाद न्यौपाने तथा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले १ बराबर १ काे अनुपातमा ९९ लाख ८३ हजार २ सय ३१ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । उक्त हकप्रद शेयरलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ । कम्पनीलाई शतप्रतिशत हकप्रद निष्कासन गर्न विद्युत नियमन आयोगले श्रावण १६ गते नै अनुमति प्रदान गरेकाे छ ।

त्यसैगरी, हाल ९३ करोड ३० लाख १२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ६ करोड ६८ लाख रूपैयाँ रहेकाे छ । हकप्रद निष्कासन पश्चात कम्पनीकाे चुक्ता पुँजी १ अर्ब ९९ करोड ६६ लाख रुपैयाँ पुग्नेछ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।