Like us!
Follow us!

युनिलिभर नेपालको ईपीएस १६२९ रुपैयाँ, नाफा कति छ ?

युनिलिभर नेपालको ईपीएस १६२९ रुपैयाँ, नाफा कति छ ?

लगानी खबर, काठमाडाैँ - युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको अपरिष्कृत वित्तिय विवरण प्रकाशन गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले १ अर्ब ४९ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ७४.१६ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ८६ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी पनि ५ अर्ब ७३ करोड रुपैयाँबाट बढेर ७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । कम्पनीको अन्य स्रोतहरुबाट हुने आम्दानी पनि ५ करोड ८८ लाख रुपैयाँबाट बढेर १२ करोड २९ लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरी, कम्पनीको चुक्ता पुँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १ हजार ६ सय २९ रुपैयाँ (वार्षिक) पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ३ हजार ९ सय ४२ रूपैयाँ रहेको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।