Like us!
Follow us!

एभरेष्ट बैंककाे ऋणपत्र भर्ने म्याद थपियाे

एभरेष्ट बैंककाे ऋणपत्र भर्ने म्याद थपियाे

लगानी खबर, काठमाडाैँ - एभरेष्ट बैंक लिमिटेडले साउन १८ गते, बुधबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेकाे ऋणपत्रमा आवेदन दिने म्याद थपिएकाे छ । छिटाे अवधिमा बिक्री नभएपछि म्याद थपिएर भदाै १ गतेसम्म पुर्याइएकाे छ । 

बैंकले ६ वर्ष अवधि भएकाे वार्षिक १०.५ प्रतिशत व्याज भएकाे "६ वर्ष, १०.५% एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८५" नाममा ऋणपत्र निष्कासन गरेकाे हाे । बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा २ अर्ब रूपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । जसमध्ये बैंकले सर्वसाधारणका लागि ८  लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १२ लाख कित्ता बिक्री गर्नेछ ।

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।लगानीकर्ताहरूले सानिमा क्यापिटल लिमिटेड, नेपाल एसबीआई बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।