Like us!
Follow us!

भर्खरै आईपीओ ल्याएकाे आदर्श लघुवित्तको अधिकांश सूचकमा आकर्षक सुधार

भर्खरै आईपीओ ल्याएकाे आदर्श लघुवित्तको अधिकांश सूचकमा आकर्षक सुधार

आदर्श लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा अधिकांश वित्तीय सूचक आकर्षक देखिएको छ । यस लघुवित्तको खुद नाफा ८८६.१२% ले बढेर गत आर्थिक वर्षको अन्त्यसम्ममा ६८ लाख ९३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा संस्थाले ६ लाख ९९ हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो ।

 खुद ब्याज आम्दानी १४.४६% ले बढेको छ । अघिल्लो वर्षको तुलनामा कम रकम प्रोभिजनिङमा गर्नुपर्ने भएपछि सञ्चालन नाफा ८४१.६०% ले बढेको छ । 
कम्पनीले यस अवधिमा १० लाख ७४ हजार रुपैयाँ राइट ब्याक गरेको हो । कम्पनीको चुक्ता पुँजी २ करोड ७ लाख रुपैयाँ रहेको छ ।

रिजर्भ कोष पनि आकर्षक देखिएको छ । रिजर्भमा १०३.९०% ले सुधार हुँदै १ करोड २३ लाख रुपैयाँ जम्मा भएको छ । असार मसान्तसम्म आइपुग्दा आदर्शको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ २९ पैसा कायम भएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।