Like us!
Follow us!

सिटिजन्स म्युचुअल फण्ड १ र २ ले तोके बुकक्लोज मिति !

सिटिजन्स म्युचुअल फण्ड १ र २ ले तोके बुकक्लोज मिति !

लगानी खबर, काठमाडौँ - सिटिजन्स म्युचुअल फण्ड १ र २ ले नगद लाभांश वितरण गर्ने प्रयाेजनार्थका लागि बुकक्लोज मिति ताेकेका छन् । दुवै फण्डले नगद लाभांश वितरण गर्नको लागि असाेज १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेका हुन् ।  त्यसैले, असाेज १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका इकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सीबीआईएल क्यापिटल लिमिटेडकाे भाद्र २९ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ का लागि सिटिजन्स म्युचुअल फण्ड – १ का इकाईधनीहरूलाई कर सहित १५ प्रतिशतका दरले हुन आउने १२ कराेड ३० लाख रूपैयाँ बराबरकाे नगद लाभांश र सिटिजन्स म्युचुअल फण्ड – २ का इकाईधनीहरूलाई कर सहित १० प्रतिशतका दरले हुन आउने ५ कराेड ६० लाख रूपैयाँ बराबरकाे नगद लाभांश वितरण गर्ने घाेषणा गरेका छन् ।

हेर्नुहाेस् सूचना :

 

5f6acf59d7379.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।