Like us!
Follow us!

अभियान लघुवित्तको आईपीओमा कति पर्याे आवेदन ? यस्ताे छ अपडेट

अभियान लघुवित्तको आईपीओमा कति पर्याे आवेदन ? यस्ताे छ अपडेट

लगानी खबर, काठमाडाैँ - अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गते, बुधबारबाट साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरिरहेकाे छ । 

सिडिएसका अनुसार कम्पनीकाे आईपीओमा शुक्रबार दिउँसाे १:४६ बजेसम्म १४ लाख ३० हजार ४ सय ६ जना लगानीकर्ताहरूले एक अर्ब ६३ कराेड ६६ लाख ६२ हजार रूपैयाँ बराबरकाे एक कराेड ६३ लाख ६६ हजार ६ सय २० कित्ताका लागि आवेदन दिएका छन् ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता सेयर निष्कासन गरेको हो । कुल कित्ताको ५ प्रतिशतले हुन आउने ४८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने १२ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी ९ लाख १३ हजार ७५० कित्ता सर्वसाधारण आवेदन दिन सक्नेछन् ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।