Like us!
Follow us!

नेप्सेमा हिमालयन हाइड्रोको आईपीओ सूचिकृत, आइतबारबाट काराेबारमा आउने

नेप्सेमा हिमालयन हाइड्रोको आईपीओ सूचिकृत, आइतबारबाट काराेबारमा आउने

लगानी खबर, काठमाडाैँ - हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गतेदेखि असार १९ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) आज (साउन २० गते, शुक्रबार) नेप्सेमा सूचिकृत भएकाे छ ।

स्टकका अनुसार कम्पनीकाे एक कराेड ९ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलाे काराेबारका लागि न्युनतम ७६ रूपैयाँ ३३ पैसादेखि अधिकतम २ सय २८ रूपैयाँ ९९ पैसा ओपनिङ्ग रेञ्ज ताेकेकाे छ ।

त्यस्तै, कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि HHL​ सिम्बाेल प्राप्त गरेकाे छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।