Like us!
Follow us!

दाेहाेराे अंकले घट्याे सेयर बजार, शिवम् सिमेन्टकाे सर्वाधिक काराेबार

दाेहाेराे अंकले घट्याे सेयर बजार, शिवम् सिमेन्टकाे सर्वाधिक काराेबार

लगानी खबर, काठमाडाैँ - आज (शुक्रबार) सेयर बजार दाेहाेराे अंकले घटेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (शुक्रबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३४.८५ अंकले घटेर २११३.३० विन्दुमा झरेकाे छ । नेप्से १.६२ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ५.९१ अंकले घटेर ४०६.३४ विन्दुमा झरेको छ । 

कूल २१३ वटा कम्पनीकाे ६४ लाख १६ हजार ६ सय २९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६२ करोड ६१ लाख ५४ हजार ९ सय ४८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्ड बाहेक बाँकी सबै वटा उपसमूहकाे सेयर घटेको छ । सबैभन्दा धेरै फाइनान्स समूह घटेकाे छ ।

त्यसैगरी, शुक्रबार पनि काराेबार रकममा शिवम् सिमेन्टले नै अग्रता कायम गरेकाे छ । कम्पनीकाे १५ कराेड ६६ लाख २९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज जाेशी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.९१ प्रतिशतले बढेर २ सय ६० रूपैयाँ पुगेकाे छ ।

यस दिन मैलुङ खाेला जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ७.१८ प्रतिशतले घटेर ४ सय ७८ रूपैयाँमा झरेकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।