Like us!
Follow us!

थप २ वटा म्युचुअल फण्डको लाभांश घोषणा, कुनले कति दिने भए ?

थप २ वटा म्युचुअल फण्डको लाभांश घोषणा, कुनले कति दिने भए ?

लगानी खबर, काठमाडाैँ - एनएमबि क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा भएको छ । क्यापिटलले गत आर्थिक वर्षको मुनाफाबाट एनएमबि फिफ्टी र एनएमबि हाइब्रिड फण्ड एल १ को लाभांश घोषणा गरेको हो । 

एनएमबि फिफ्टी फण्डका इकाईधनीहरूलाई करसहित २१.०५२३६ प्रतिशत र एनएमबि हाइब्रिड फण्ड एल १ का इकाईधनीहरूलाई समेत २१.०५२३६ प्रतिशत करसहित ३५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

क्यापिटलले लाभांश प्रयोजनार्थ साउन ३१ गते एक दिनका लागि बुकक्लोज समेत गर्ने निर्णय गरेको त तसर्थ साउन ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।