Like us!
Follow us!

सेयर बजार ओरालो यात्रामै

सेयर बजार ओरालो यात्रामै

लगानी खबर, काठमाडाैँ - सेयर बजार ओरालो यात्रामै छ ।

आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३८.६१ अंकले घटेर २१४८.१६ विन्दुमा झरेकाे छ । नेप्से १.७७ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.२५ अंकले घटेर ४१२.२५ विन्दुमा झरेकाे छ । 

कूल २१५ वटा कम्पनीकाे ८५ लाख ६९ हजार ५ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार एक सय ७३ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । 

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ ।

बिहीबार पनि शिवम् सिमेन्टकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २५ कराेड २२ लाख ११ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज बलेफी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९८ प्रतिशतले बढेर ३ सय ६२ रूपैयाँ ६० पैसा पुगेकाे छ । 

यस दिन युनाइटेड इदी मर्दीकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.५२ प्रतिशतले घटेर ७ सय ६९ रूपैयाँमा झरेकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।