लगानी खबर, काठमाडाैँ - नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड र एनआईसी एशिया बैंक लिमिटेडको साउन ५ गते, बिहीबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएकाे संस्थापक समूहकाे सेयर भर्ने आज (श्रावण १९ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ ।
नेपाल लाइफकाे ५ लाख ९६ हजार ९ सय २१ कित्ता र एनआईसी एशिया बैंक लिमिटेडकाे ७ लाख १७ हजार ९ सय ५० कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएकाे हाे । जसमध्ये नेपाल लाइफकाे मूल्य प्रतिकित्ता न्यूनतम ७ सय रूपैयाँ र एनआईसी एशिया बैंककाे मूल्य प्रतिकित्ता न्यूनतम ४ सय २५ रूपैयाँ ताेकिएकाे छ ।
लगानीकर्ताले दुवै कम्पनीकाे सेयरमा न्युनतम एक हजार कित्तादेखि र अधिकतममा १० ले भाग जाने गरी सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लाेबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले ग्लाेबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं र ग्लाेबल आइएमई बैंक लिमिटेडकाे तलकाे सूचनामा ताेकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।