लगानी खबर, काठमाडाैँ - जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।
उक्त विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ७८ करोड १९ लाख ३७ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १३.४० प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले ६८ करोड ९५ लाख ५८ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि १२.५० प्रतिशतले बढेर १ अर्ब ५९ करोड ३८ लाख ३८ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी १ अर्ब ४१ करोड ४७ लाख ११ हजार रूपैयाँ रहेको थियो ।
चौथो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा ११२.९५ प्रतिशतले बढेर ८१ करोड ७२ लाख ४ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ३८ करोड ३७ लाख ४१ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।
त्यस्तै, संस्थाको चुक्ता पुँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँ र जगेडा कोषमा १ अर्ब ५४ करोड २० लाख ४५ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ७५ रुपैयाँ ६० पैसा र प्रतिसेयर नेटवर्थ २६९ रुपैयाँ ५१ पैसा रहेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।