Like us!
Follow us!

छुट्ला है ! सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

छुट्ला है ! सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

लगानी खबर, काठमाडाैँ - सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले साउन १३ गतेदेखि आवेदन आह्वान गरेकोमा मंगलबार लगानीकर्ताले आवेदन दिन पाउने भएका हुन् ।

कम्पनीले कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।  यसमध्ये ३६ हजार ५३ कित्ता सेयर समूहिक लगानी कोष र १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ भने बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

उक्त आईपीओमा प्रतिकित्ता रू१०० का दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आज बैकिङ समयसम्म आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलसँगै सी–आस्वा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । साथै, मेरो शेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।