Like us!
Follow us!

खुल्यो युनाईटेड इदी–मार्दीको आइपिओ !

खुल्यो युनाईटेड इदी–मार्दीको आइपिओ !

लगानी खबर, काठमाडौँ - युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले आज (असोज ७ गते बुधबार) देखि  आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ । 

कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि एक सय रुपैयाँ अंकित दरमा ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हाे ।

 यसैगरी, नेपाल धिताेपत्र बाेर्डले कम्पनीलाई जारी पूँजीको २५ प्रतिशत साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि अनुमति दिएको छ । कम्पनीले १० करोड ५० लाख रुपैयाँ बराबरको १० लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्नेछ । जसमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि ४ लाख २० हजार कित्ता र दोस्रो चरणमा सर्वसाधारणका लागि ६ लाख ३० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नेछ ।

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

कति दिने आवेदन ?

आईपीओमा दुवै वर्गका प्रभावितहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले आईपीओमा छिटोमा असाेज २१ गते र ढिलोमा कार्तिक ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

रेटिङ कति ?

केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग प्रदान गरेको छ। जसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f642587386c6.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।