Like us!
Follow us!

मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँडकाे साइत जुर्याे

मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँडकाे साइत जुर्याे

लगानी खबर, काठमाडाैँ - मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले साउन ९ गते, साेमबारदेखि साउन १२ गते, बिहीबारसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) काे बाँडफाँड भाेलि (साउन १७ गते, मंगलबार) हुने भएकाे छ । 

उक्त आईपीओकाे बाँडफाँड भाेलि दिउँसाे ४ बजे, निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेडकाे कार्यालय, नक्साल, काठमाडाैँमा हुनेछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ करोड ७६ लाख ७३ हजार रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ५८ हजार ८०३ सेयर सामूहिक लगानी कोषका लागि र बाँकी १० लाख ९३ हजार ७४९ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

अन्तिम दिनसम्म कम्पनीकाे आईपीओमा १६ लाख १० हजार ९ सय २६ जना लगानीकर्ताहरूले १ अर्ब ८० करोड ८१ लाख १८ हजार रुपैयाँ बराबरको १ करोड ८० लाख ८१ हजार एक सय ८० कित्ताका लागि आवेदन दिएका थिए । उक्त संख्या सर्वसाधारणकाे लागि छुट्याइएकाे भन्दा १६.५३ गुणा धेरै हाे ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।