Like us!
Follow us!

नेप्सेले गर्याे हिमाल दोलखा हाइड्रोकाे कारोबार फुकुवा

नेप्सेले गर्याे हिमाल दोलखा हाइड्रोकाे कारोबार फुकुवा

लगानी खबर, काठमाडाैँ - हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई स्पष्टिकरण बुझाएकाे छ । याे सँगै नेप्सेले कम्पनीकाे काराेबार पनि फुकुवा गरेकाे छ ।

कम्पनीले कारोबार समय बैठक बस्नु कमजोरी भएको भन्दै अब आईन्दा त्यस्ता कमजोरी नगर्ने गरी क्षमा याचनासहितको पत्र नेप्सेमा पेश गरेको छ । यस्तै, कम्पनीले बुकक्लाेज मिति ताेकी साेकाे जानकारी नेप्सेमा समयमै दिन नसक्नुमा लेखाईमा त्रुटी भएको जनाएकाे छ । नेप्सेले कम्पनीलाई पुन: बुक क्लाेज मिति ताेकी पठाउन निर्देशन दिएकाे छ ।

यसअघि कम्पनीले नेप्सेको कारोबार समयभित्र कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई १:०.७५ प्रतिशत हकप्रद सेयर दिने विशेष प्रस्ताव गरेको र साधारण सभाको सूचना प्रकाशन गर्दा बुकक्लोजको मिति कम्तिमा ७ दिन राख्नुपर्ने प्रावधान रहेकोमा कम्पनीले उक्त नियम पालना नगरेको हुनाले यस विषयमा के भएको हो र संस्थाको भनाई के छ भन्ने विषय उल्लेख गरी स्पष्टिकरण पेश गर्न निर्देशन दिँदै नेप्सेले कम्पनीकाे काराेबार राेक्का गरेकाे थियाे । 

62e7bb7d7dddf.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।