Like us!
Follow us!

एकैदिन ८९५ जनामा कोरोना संक्रमण पुष्टि

एकैदिन ८९५ जनामा कोरोना संक्रमण पुष्टि

लगानी खबर, काठमाडाैँ - पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार नौ सय नौ जनामा गरिएको नमूना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । 

नमूना परीक्षण गरिएकामध्ये तीन हजार ६ सय ८५ जनाको पिसीआर परीक्षण र २२ सय २४ जनाको एन्टीजेन परीक्षण गरिएको थियो । 

मन्त्रायका अनुसार पछिल्लो एक दिनमा संक्रमणका कारण एक जनाको ज्यान गएको छ । यस्तै, अहिले नेपालमा ४९ सय ३४ जना संक्रिय संक्रमित रहेका छन् ।  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।