Like us!
Follow us!

झिनाे अंकले बढ्याे नेप्से, काराेबारमा शिवम् सिमेन्ट अब्बल

झिनाे अंकले बढ्याे नेप्से, काराेबारमा शिवम् सिमेन्ट अब्बल

लगानी खबर, काठमाडाैँ - आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १.०९ अंकले बढेर २१९६.१९ विन्दुमा पुगेकाे छ । नेप्से ०.०५ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक १.९७ अंकले बढेर ४२१.१७ विन्दुमा पुगेकाे छ ।

कूल २१७ वटा कम्पनीकाे एक कराेड ५ लाख १८ हजार ७ सय १२ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार ७ सय ५६ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ५ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ८ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

साेमबार पनि शिवम् सिमेन्टकै सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ३८ कराेड ३१ लाख ११ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

आज बुटवल पावर कम्पनी लिमिटेडकाे नाफा सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे नाफा ६.९५ प्रतिशतले बढेर ३ सय ७१ रूपैयाँ पुगेकाे छ । 

यस दिन राष्ट्रिय बीमा कम्पनी लिमिटेडकाे संस्थापक सेयरकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे संस्थापक सेयरकाे मूल्य ५.२९ प्रतिशतले घटेर ११ हजार ४ सय ६० रूपैयाँमा झरेकाे छ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।