Like us!
Follow us!

प्रभु बैंक र सेञ्चुरी बैंकबीच मर्जर सम्झौता

प्रभु बैंक र सेञ्चुरी बैंकबीच मर्जर सम्झौता

लगानी खबर, काठमाडाैँ - प्रभु बैंक र सेन्चुरी बैंकले एक आपसमा गाभ्ने गाभिने प्रारम्भिक सम्झौता गरेका छन् । दुवै बैंकले आइतबार (साउन १५ गते) १ः१ अनुपातमा मर्जरमा जान सम्झौता गरेका हुन् ।

सम्झौतामा प्रभु बैंकको अध्यक्ष लिला प्रसाद सिटौला र सेन्चुरी बैंकका राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । मर्जरपश्चात प्रभु बैंकको नाममा एकिकृत कारोबार हुनेछ ।

अहिले प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ छ भने सेन्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ छ । मर्जर पछि प्रभु बैंक लिमिटेडको चुक्ता पुँजी २२ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।