Like us!
Follow us!

नेप्सेमा दिनहुँ उत्साह बढ्दै

नेप्सेमा दिनहुँ उत्साह बढ्दै

लगानी खबर, काठमाडाैँ - नेप्सेमा दिनहुँ उत्साह बढ्दै गइरहेकाे छ । 

आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५४.५८ अंकले बढेर २१९५.१० विन्दुमा पुगेकाे छ । नेप्से २.५५ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ९.७२ अंकले बढेर ४१९.२० विन्दुमा पुगेकाे छ । 

कूल २२० वटा कम्पनीकाे १ कराेड १३ लाख ३९ हजार ४ सय ७६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ६० करोड ९७ लाख ९१ हजार २ सय ७२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज फाइनान्स बाहेक बाँकी सबै उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै निर्जीवन बीमा कम्पनी र जीवन बीमा कम्पनीकाे सेयर बढेकाे छ । लगातार फाइनान्स र हाइड्राेप्रति आकर्षित लगानीकर्ता यतिबेला बीमा कम्पनीमा सिफ्ट भएका छन् । जुन कुरा आजको नेप्सेको तथ्यांकले पुष्टि गर्दछ । 

आइतबार शिवम् सिमेन्ट कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २१ कराेड ३४ लाख १६ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज ८ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सर्किट लाग्ने कम्पनीहरूमा प्राय जसाे इन्स्याेरेन्स नै छन् ।

यस दिन १२ प्रतिशत गुडविल फाइनान्स डिबेञ्चर २०८३ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य ३.९४ प्रतिशतले घटेर एक हजार ७४ रूपैयाँमा झरेकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।