Like us!
Follow us!

जनार्दन शर्माले आज अर्थमन्त्रीको सपथ लिँदै

जनार्दन शर्माले आज अर्थमन्त्रीको सपथ लिँदै

लगानी खबर, काठमाडाैँ - नेकपा माओवादी केन्द्रका नेता एवमं निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले पुनः अर्थमन्त्रीको सपथ लिने भएका छन् । 

स्राेतका अनुसार पार्टीमा छलफल गरेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै शर्माको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउँदैछन् । प्रधानमन्त्रीले शर्माको नाम शितल निवास पठाएपछि राष्ट्रपतिबाट आजै उनले पद तथा गोपनियताको सपथ लिने बताइएकाे छ ।

गत शुक्रबार तत्कालीन अर्थमन्त्रीले अनाधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरेको भन्ने विषयमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको थियाे । 

आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा गत १४ जेठमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले दुईजना अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने विषयमाथि छानबिन गर्न २२ असारमा ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो ।

समितिलाई सुरुमा १० दिनको समयावधिदिइएको थियो । समय अपूग भएको भनि ५ साउनमा सात दिन समय थप भएको थियो । प्रतिवेदनमा ‘अनधिकृत व्यक्तिको प्रवेश पुष्टि हुन नसकेको’ निष्कर्ष थियाे  । साेही कारण शर्मा अर्थमन्त्री हुने भएका हुन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।