Like us!
Follow us!

नेप्सेकाे वृद्धि कायमै, दाेहाेराे अंकले बढ्याे सेयर बजार

नेप्सेकाे वृद्धि कायमै, दाेहाेराे अंकले बढ्याे सेयर बजार

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (शुक्रबार) सेयर कारोबार मापक नेप्से परिसूचक १२.९२ अंकले बढेर २१४०.३९ विन्दुमा पुगेकाे छ । नेप्से ०.६१ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ३.९१ अंकले बढेर ४०९.५३ विन्दुमा पुगेकाे छ । 

कूल २१६ वटा कम्पनीकाे ५१ लाख ११ हजार ३ सय १० कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १९ करोड १६ लाख १९ हजार ९ सय १४ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १० वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ३ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

शुक्रबार शिवम् सिमेन्टकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १२ कराेड ८६ लाख ४९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज २ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । रिलायन्स लाइफ र राष्ट्र उत्थान लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

यस दिन बुद्धभूमी नेपाल हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ३.४८ प्रतिशतले घटेर ४ सय १३ रूपैयाँ १० पैसामा झरेकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।