Like us!
Follow us!

लगानीकाे अवसर : एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ खुल्दै

लगानीकाे अवसर : एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ खुल्दै

लगानी खबर, काठमाडाैँ - एनएमबि क्यापिटल लिमिटेडले साउन २६ गते, बिहीबारदेखि ‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २’ नामक म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । याे बन्दमुखी योजना हो । 

क्यापिटलले एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १२ करोड इकाईहरु निष्कासन गर्न लागेको हो । जसमध्ये १४ प्रतिशत अर्थात् १ कराेड ६८ लाख इकाई कोष प्रवद्धक एनएमबी बैंक र १ प्रतिशत अर्थात् १२ लाख इकाई याेजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेडलाई छुट्याइएकाे छ । त्यसपछी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिनेछ । 

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम एक कराेड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । साउन २६ गते, बिहीबार निष्कासन हुने याे फण्डमा लगानीकर्ताले छिटोमा साउन ३१ गतेसम्म र ढिलोमा भदाै ९ गतेसम्म आवेदन दिन सक्नेछन् । 

यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।