Like us!
Follow us!

नागरिक लगानी कोषले डाक्याे साधारण सभा, लाभांश पारित मुख्य एजेन्डा

नागरिक लगानी कोषले डाक्याे साधारण सभा, लाभांश पारित मुख्य एजेन्डा

लगानी खबर, काठमाडाैँ - नागरिक लगानी कोषले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । काेषकाे आज श्रावण १२ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे २७औँ वार्षिक साधारण सभा भदौ ६ गते हुनेछ ।

सभामा काेषकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीका सेयरधनीहरूलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि श्रावण २५ गते, बुधबार बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले श्रावण २४ गते, मंगलबारसम्म नेप्सेमा काराेबार भई कायम भएका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।