Like us!
Follow us!

नेप्से परिसूचक १५ अंकले बढ्यो, झन्डै पाँच अर्बको कारोबार

नेप्से परिसूचक १५ अंकले बढ्यो, झन्डै पाँच अर्बको कारोबार

लगानी खबर, काठमाडाैँ - सेयर बजार दोहोरो अंकले बढेको छ । उतारचढावका बीच बिहीबार नेप्से परिसूचक १५ अंकले बढ्न पुगेको छ ।

मौद्रिक नीतियता सुधार देखिएको सेयर बजारमा मंगलबार एकाएक उच्च अंकको गिरावट आएको थियो । त्यसयता पुनः क्रमिक सुधार देखिएको छ ।

आज नेप्सेमा सूचीकृत २२१ कम्पनीको एक करोड १९ लाख ५५ हजार ७६ कित्ता किनबेच हुँदा चार अर्ब ९७ करोडमाथिको कारोबार भएको छ ।
करिब पाँच अर्बमाथिको कारोबार भएको सेयर बजारमा आज सर्वाधिक अरुण काबेली पावरको सेयर खरिद–बिक्री भएको छ । कम्पनीको आज एकैदिन १७ करोड ९६ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको १५ करोड ८६ लाख, अपर तामाकोसीको १४ करोड १७ लाख, अपी पावरको १३ करोड ४८ लाख र नागरिक लगानी कोषको १३ करोड १७ ला रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।