Like us!
Follow us!

नेष्डो समृद्धको सेयरमा चलखेल : बम्पर लाभांशको नाममा करोडौँ रकम जोखिममा पारिँदै !

नेष्डो समृद्धको सेयरमा चलखेल : बम्पर लाभांशको नाममा करोडौँ रकम जोखिममा पारिँदै !

लगानी खबर, काठमाडाैँ - धिताेपत्र दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्जमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा चलखेल भएकाे पाइएकाे छ ।

पछिल्लो केही दिनदेखि लगातार रुपमा बढीरहेको नेष्डो समृद्ध लघुवित्तको सेयरमा केही लगानीकर्ताहरूले ठूलो चलखेल गरी मुल्यमा अस्वाभाविक माग सिर्जना गर्दै यसको मुल्यलाई बढाएर साना लगानीकर्ताको ठूलो रकम जोखिममा पारेको तथ्य फेला परेको हाे ।

राष्ट्र बैंककाे नीति अनुसार एनपीएल ५ प्रतिशत भन्दा बढी भएका कम्पनीहरूले लाभांश वितरण गर्न पाउँदैनन् । नेष्डो समृद्ध लघुवित्तकाे निष्क्रिय कर्जा पनि ५ प्रतिशत भन्दा बढी भएकोले सो कम्पनीको लाभाशं वितरण गर्न नेपाल राष्ट्र बैंकले रोकावट लगाउने सम्भावना देखिन्छ । तर यदि चाैथाे त्रैमासकाे वित्तीय विवरणमा संस्थाकाे एनपीएल ५ प्रतिशत भन्दा कम भएमा लाभांश वितरण गर्न पाउनेछ । 

संस्थाकाे नयाँ सञ्चालक समितिको गठन पश्चात् हालसम्म एउटा बैठक पनि नभएको, कम्पनीले चौथो त्रैमासिकको विवरण तयार अझै नगरेको, हालै मात्र अघिल्लो आर्थिक वर्षको साधारण सभा गरेको हुनाले अर्को साधारण सभा गर्न निकै समय लाग्ने देखिएकाे छ । यस्ताे अवस्थामा निकट भविष्यमा नै नेष्डो समृद्ध लघुवित्तकाे साधारण सभा हुने सम्भावना निकै कम छ ।

संस्थाकाे वित्तीय र व्यवस्थापकीय लगायतका सबै पक्ष हेर्दा लगानीकर्ताले संस्थाकाे लाभांश प्राप्त गर्न लामो समय पर्खिनु पर्ने देखिन्छ । अहिले जसरी संस्थाकाे निष्क्रिय कर्जा घट्ने र उच्च लाभांश बाँड्ने हल्ला फिजाएर मूल्य बढाइएकाे छ । यसाे हुँदा पछि साेझा लगानीकर्ताहरूकाे कराेडाैँ रकम जाेखिममा पर्ने देखिन्छ । त्यसैले लगाानीकर्ताहरूले यसरी जोखिमयुक्त लगानी गर्नु अगाडि आफू सचेत रहनुपर्ने र राम्ररी अध्ययन गर्नुपर्ने जरूरी छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।