Like us!
Follow us!

नेप्सेमा बिन्ध्यबासिनी हाइड्रोको आईपीओ सूचिकृत, बिहीबारदेखि काराेबारमा आउने

नेप्सेमा बिन्ध्यबासिनी हाइड्रोको आईपीओ सूचिकृत, बिहीबारदेखि काराेबारमा आउने

लगानी खबर, काठमाडाैँ - बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ २० गतेदेखि जेठ २५ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) आज (साउन ११ गते, बुधबार) नेप्सेमा सूचिकृत भएकाे छ ।

स्टकका अनुसार कम्पनीकाे १ कराेड कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलाे काराेबारका लागि न्युनतम एक सय ११ रूपैयाँ ३४ पैसादेखि अधिकतम ३ सय ३४ रूपैयाँ २ पैसा ओपनिङ्ग रेञ्ज ताेकेकाे छ । त्यस्तै, कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि BHDC सिम्बाेल प्राप्त गरेकाे छ । 

कम्पनीले जेठ २० गतेदेखि जेठ २५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १३ लाख ६५ हजार  कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा वितरण गरिएकाे थियाे । गोलाप्रथाबाट वितरण गर्दा भाग्यमानी एक लाख ३६ हजार ५ सय जना लगानीकर्ताहरूले १० कित्ता सेयर हात पारेका थिए ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।