Like us!
Follow us!

नेप्सेमा विकास ऋणपत्र सूचिकृत

नेप्सेमा विकास ऋणपत्र सूचिकृत

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) ३५ अर्बकाे ऋणपत्र सूचिकृत भएको छ ।

स्टकका अनुसार नेपाल सरकारकाे तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेकाे विभिन्न ३ वटा विकास ऋणपत्र सूचिकृत भएको हो । जसमध्ये, २०८४ 'छ' नामकाे १५ अर्ब रूपैयाँ बराबरकाे, २०८४ 'ज' नामकाे १५ अर्ब रूपैयाँ बराबरकाे  र २०८५ 'च' नामकाे ५ अर्ब रूपैयाँ बराबरकाे गरी कुल ३५ अर्बकाे विकास ऋणपत्र सूचिकृत भएको छ । 

नेप्सेले धितोपत्र सूचिकरण विनियमावली २०७५, काे विनियम ८ अनुसार उक्त  ऋणपत्रहरू सूचिकृत गरेकाे हाे ।

62e0fccdd690f.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।