Like us!
Follow us!

लगानी गर्ने की नगर्ने ? लक्ष्मी क्यापिटलले साउन १९ गतेदेखि खुल्लामुखी फण्ड बजारमा ल्याउँदै

लगानी गर्ने की नगर्ने ? लक्ष्मी क्यापिटलले साउन १९ गतेदेखि खुल्लामुखी फण्ड बजारमा ल्याउँदै

लगानी खबर, काठमाडाैँ - लक्ष्मी क्यापिटल लिमिटेडले साउन १९ गते, बिहीबारदेखि ‘शुभ लक्ष्मी काेष’ नामक म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । याे खुल्लामुखी योजना हो । 

क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाईहरु निष्कासन गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत इकाई कोष प्रवद्धक लक्ष्मी बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछन् । त्यसपछी बाँकी रहेको ४ करोड ७५ लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई बिक्री गरिनेछ ।

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । साउन १९ गते, बिहीबार निष्कासन हुने याे फण्डमा लगानीकर्ताले छिटोमा साउन २३ गतेसम्म र ढिलोमा भदाै २ गतेसम्म आवेदन दिन सक्नेछन् । 

यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।