Like us!
Follow us!

आईपीओ निष्कासन गर्न २ कम्पनीले पाए सेबाेनकाे स्विकृती

आईपीओ निष्कासन गर्न २ कम्पनीले पाए सेबाेनकाे स्विकृती

लगानी खबर, काठमाडाैँ - विभिन्न २ वटा कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) बाट अनुमति पाएका छन् । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न बाेर्डबाट अनुमति पाएका हुन् । 

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १ कराेड ३२ लाख रूपैयाँ बराबरकाे १ लाख ३२ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न आज (श्रावण १० गते, मंगलबार) सेबाेनबाट अनुमति पाएकाे हाे । संस्थाकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । 

त्यसैगरी, इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १२ करोड ४० लाख रूपैयाँ बराबरकाे १२ लाख ४० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न मंसिर २४ गते सेबाेनमा निवेदन दिएकाे थियाे । बाेर्डले हिजाे साउन ९ गते, साेमबार अनुमति प्रदान गरेकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।