Like us!
Follow us!

नेपाल इन्स्योरेन्सको बोनस डिम्याट खातामा जम्मा, तपाईँकोमा आयो ?

नेपाल इन्स्योरेन्सको बोनस डिम्याट खातामा जम्मा, तपाईँकोमा आयो ?

लगानी खबर, काठमाडाैँ - नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेको छ ।

कम्पनीको गेठ ३० गते सम्पन्न भएको ७३ औँ वार्षिक साधारण सभाले पारित गरेको ११ प्रतिशत बोनस सेयर बुकक्लोज हुँदासम्म अर्थात् जेठ १६ गतेसम्म सेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ । कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ । 

त्यसैगरी, कम्पनीले हालसम्म आफ्नो सेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र सेयर अभौतिकिकरण गरी आफ्नो बोनस प्राप्त गर्नका लागि आग्रह गरेको छ । त्यस्तै, सेयर धितो राखेका शेयरधनीहरुलाई भने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र अनिवार्य पेश गरेपश्चात मात्र बोनस वितरण गरिनेछ ।

कम्पनीको सेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।