Like us!
Follow us!

एभरेष्ट बैंककाे ऋणपत्र साउन १८ गतेदेखि खुल्दै, कति दिने आवेदन ?

एभरेष्ट बैंककाे ऋणपत्र साउन १८ गतेदेखि खुल्दै, कति दिने आवेदन ?

लगानी खबर, काठमाडाैँ - एभरेष्ट बैंक लिमिटेडले साउन १८ गतेबाट ऋणपत्र निष्कासन गर्ने भएकाे छ ।

बैंकले ६ वर्ष अवधि भएकाे वार्षिक १०.५ प्रतिशत व्याज भएकाे "६ वर्ष, १०.५% एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८५" नाममा ऋणपत्र निष्कासन गर्न लागेकाे हाे । बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा २ अर्ब रूपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । जसमध्ये बैंकले सर्वसाधारणका लागि ८  लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १२ लाख कित्ता बिक्री गर्नेछ ।

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । साउन १८ गतेबाट निष्कासन गरिने उक्त ऋणपत्रमा छिटोमा साउन २२ गते र ढिलोमा भदाै १ गतेसम्मसम्म आवेदन दिन सकिनेछ ।

बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गर्नेछ । लगानीकर्ताहरूले सानिमा क्यापिटल लिमिटेड, नेपाल एसबीआई बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।