Like us!
Follow us!

नेप्सेमा एकैदिन २ वटा म्युचुअल फण्ड सूचिकृत

नेप्सेमा एकैदिन २ वटा म्युचुअल फण्ड सूचिकृत

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज एकैदिन २ वटा म्युचुअल फण्ड सूचिकृत भएको छ ।

१. एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड

फण्डको १० करोड २० लाख इकाई नेप्सेमा सूचिकृत भएको हो । फण्डले दोस्रो बजारमा कारोबारको लागि NICFC​ सिम्बोल प्रदान गरिएको छ । अब मंगलबारदेखि दोस्रो बजारमा काराेबार सुरू हुनेछ ।

२. कुमारी धनवृद्धि योजना

योजनाको १२ करोड २५ लाख ७ हजार २ सय ५९ इकाई नेप्सेमा सूचिकृत भएको हो । फण्डले दोस्रो बजारमा कारोबारको लागि KDBY सिम्बोल प्रदान गरिएको छ । अब मंगलबारदेखि दोस्रो बजारमा काराेबार सुरू हुनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।