Like us!
Follow us!

बोर्डद्वारा राधी विद्युतलाई हकप्रद निष्कासनको अनुमति

बोर्डद्वारा राधी विद्युतलाई हकप्रद निष्कासनको अनुमति

लगानी खबर, काठमाडाैँ - राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) बाट अनुमति पाएकाे छ ।

कम्पनीले चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६ सय २२ रुपैयाँको १:१४७५२ अनुपातमा ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता  हकप्रद सेयर निष्कासन गर्न वैशाख २८ गते सेबाेनमा निवेदन दिएकाे थियाे । बाेर्डबाट आज (श्रावण ९ गते, साेमबार) अनुमति पाएकाे हाे ।

कम्पनीकाे उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धककाे काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।